नम्रता श्रेष्ठको गजल : तिमी बिना

-

रचना शीर्षक: “तिमी बिना”
विधा: गजल
सर्जक: नम्रता श्रेष्ठ

मेरो अर्थ हुदैन यहाँ तिम्रो प्रेम बिना
म रहदै रहन्न साएद तिम्रो प्रेम बिना

कसरी बयान गरु कति प्रेम गर्छु भनी
तिम्रै लागि धडकि दिन्छन मेरो मुटु पनि

मेरो खुसिको को अर्थ छैन तिम्रो हासो बिना
मेरो आँसु को अर्थ छैन पुछिदिने तिम्रो हात बिना

मेरो हासो मेरो खुसी सारा संसार तिमी हौ नी
यो मुटु को कुना कुनामा तिमी नै तिमी छौ नी

दिनको सुरु हुदैन यहाँ तिम्रो याद बिना
जिन्दगी नै कठिन हुन्छ तिम्रो साथ बिना

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य