कपन

Categories:

-

कपन

-लक्ष्मण अधिकारी
निलो गगन मुकुट पहिरी थुम्की कैलाश सरी

मिष्टान्न फल अनि लतिका कपन थुम्का भरी

आस्था देव महाङ्काल भैरव सदा थुम्का कै जङ्घारमा

कपन पवित्र धाम सदा संस्कृति कला पूर्णिमा ।

————————————–

नाच्छन् पुष्पलता वृक्ष लहरा शीतल पवन नै चली

यात्रा कर्मको सधैँ अघि बढी रह्यो सद्‌भाव प्रेम पढी

महाङ्काल , देवी, मङ्गल वास गरे आदिम देखि यहाँ

थुम्को कपन सुन्दर नगर भुल्किन्छ बिहानै अरुण जहाँ ।

————————————–

जोडी धूप शान्त लयमा घण्टिको मन्द स्वर

नित्य घन्किन्छ संगीतध्वनि पवनको खोलेर गला पुरा

अम्बा, आँप , अमला भरा गरा र कान्ला महा

कोदो, धान, पुष्प वाटिका सजिन्छ सदा यहाँ ।

————————————–

लोभिन्छन् स्वदेशी, विदेशी मन सबै आतिथ्य सुन्दर घर

पूर्ण जुनको झलमलमा, आभास स्वर्गै सर

चखुञ्चा, यज्ञमयीका ती लहरा, मितेरी रुद्रमति

सिञ्चन सदा ती खेत गरामा, धान र गहुँ कति ।

————————————–

आस्था र प्रेम सबको झल्केको विद्यालय

घन्कियो आरती मन्दिरमा राखेर मन आलय

सल्लाको सुसेली वनमा को हो को हो ती कोइली

चिरबिर चरा सदा विरचित घन्किन्छ रोधी पनि

बाजे नाति, छिमेकी सब खुसी रहुन् बसी एक छाना मुनी

स्वर्गैको टुकडा कपन यो रहोस् सम्बृध्दीको धनी ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य