नीति मध्यको राजा हो राजनीति

-

नीति मध्यको राजा हो राजनीति

उद्धव प्रसाद खरेल

आगामी बाटोको माथि हो राजनीति

समाज अघि बढाउने, बदल्ने

परिवर्तनको लागि जाग रूप गराउने

विधि र पद्धतिमा राज्य चलाउने

सापेक्ष परिवर्तनको मध्यम राजनीति

नीति मध्यको राजा हो राजनीति ।

————————-

के हो राजनीति ? के भो राजनीति ?

सत्य बोल्दा नपत्याउने

झुट त झनै नपत्याउने

तर्क र विश्लेषण शून्य भो

बुझ्नु, जवाफ दिनु कता हो कता !

जति सक्छु बोल्ने हो

झुट भए पनि पटक पटक बोल्ने

चर्को र ठुलो स्वरमा बोल्ने

सत्य साबित गर्न खोजे

अरूको कुरा सुन्दै नसुने

प्रश्नको ओइरो छोड्ने

जवाफ दिनै नपर्ने

विकृत बनाइयो राजनीति

तर पनि

नीति मध्ये मूल हो राजनीति

अग्रगामी बाटो को  मध्यम हो राजनीति ।

————————-

राजनीति बुझ्नेहरूले समाज बदले

बुझक्कडहरूले बाटो बिराए

सिद्धान्त र आदेश बोल्ने मात्र

विकासको सपना दिलाइयो

निराशाको उत्पादन फैलाइयो

सत्तामा बसेर  जनतालाई गाली

चित नबुझे पनि बझाउनु पर्ने ताली

नेतालाई गाली देश हुन थाल्यो खाली

आफू भ्रष्ट र बेइमानी अरूलाई चोरको गाली

तर पनि,

विधि पद्धति शासनको राजनीति

त्यसैले, सबै नीतिहरूको  राजा हो राजनीति ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य