राष्ट्रिय गान
-रेणुका भट्टराई ‘मञ्जरी’
झ्याउरे छन्द
शीर हो हाम्रो सगरमाथा हृदय बुद्ध हो
मायाका खानी गोर्खाली हामी संसारै सिद्ध हो
नेपाल हाम्रो स्वर्गको टुक्रा विश्वको नमुना
मेची र काली सालिग्राम् बोकी पुग्दछिन्् जमुना ।
देवी र देउता जन्मिए यहाँ बुद्धको घर हो
सिर्जना मूल फुटाइ देऊ युवाकै भर भो
मादल ढोकौं मुचुङ्गा बोकौं सारंङ्गी रेटेर
बिश्वनै दंङ्ग पर्नेछ हाम्रो झ्याउरे देखेर ।
नगरे आज आउन्न भोलि भविष्य सुधार
संकल्प दृढ लिएर हिड यो देश सिँगार
चेतना दीप बालेर तिमी बस्तिमा डुल्नुछ
देशको मान शानलाई बोकी विश्वमा पुग्नुछ ।
लेखक – झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी राष्ट्रिय अभियन्ता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

