तिम्रो मेरो सम्बन्धको
गणेशकुमार मिश्र
तिमीसित सपनीमा गरे भेट निकै बेर
सम्झी सम्झी बिपनीमा गरे भेट निकै बेर ।
**
नदेख्दामा तिम्रो मुहार मन भ्रान्ति हुन्छ
लेखे पछि तिम्रो गीत मन शान्ति हुन्छ ।
डर लाग्छ हावाजस्तै उडि जान्छौ कि त खेर
भर लाग्छ जीवनभर तिमी बस्छौ निकै बेर ।
**
वादल जस्तै डुल्न खोज्छु तिमीसित भेट गर्न
मादल जस्तै सहन्छु म तिम्रो गेट भर्न
आफैंलाई बिर्सेर तिमीलाई सम्झेँ निकै बेर
तिम्रो मेरो सम्बन्धको डाेरी बाटे निकै बेर ।
२८ आषाढ २०८२
प्रतिक्रिया दिनुहोस्

