जागौँ

Categories:

-

छन्द: विद्युन्माला

ssssssss

शीर्षक: जागौँ

-मोहोन फुयाल

आयो आयो हाम्रो पालो

हामी लागौँ फालौँ कालो

कस्ले रोक्ने हामी जागे

थुक्छन् हेप्छन् छाडी भागे

गोर्खालीको गाथा हाम्रो

नेपालीको छाती राम्रो

माटो दुख्ला ख्यालै राखौँ

मेचीकाली पूरा जागौँ

टुक्रा पारी देशै बाड्ने

आफूआफू बाढ्दै खाने

आफ्नी आमा टोक्नेलाई

बैनी छोरी बेच्नेलाई

खाली पैसा मात्रै चिन्ने

भेडा ठानी रैती किन्ने

पैसाले यो देशै खायो

पीडाको यो बाढी आयो

माग्ने माग्ने भोटै माग्ने

भोटै माग्दा नोटै बाँड्ने

नाना छाना दिन्छौँ भन्ने

भोटै दिन्छौँ छैनन् गर्ने

बन्छन् झोले लाजै हुन्न

प्रजा रैती बन्नु हुन्न

नारा लाऔँ आजै जागौँ

राष्ट्रवादी सारा जागौँ

राणा फाले राजा फाले

जन्ता जागे कस्ले रोक्छ

छाड्नै हुन्न बेला हुन्छ

जागौँ जागौँ साँच्चै जागौँ

 २०८२ आषाढ २८ 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य