संविधान विपरीत ‘महाराजाधिराज’ लेख्ने पूर्व राजा ज्ञानेन्द्रको अभियानमा  रोक लगाउने तयारी,  सम्वाद सचिव पाठक प्रहरी नियन्त्रणमा 

Categories:

-

काठमाडौं २७ असार । देशमा गणतन्त्र स्थापना भएपछि पूर्व राजाको सचिवालयको नामबाट गरिने पत्राचारमा डेढ वर्ष देखि  पहिलेको अवस्थामा ‘श्री ५ महाराजा धिराजको सचिवालय भनी उल्लेख गरिएको बिषयमा सरकारले ब्रेक लगाउने भएको छ। नेपालको संविधानमा हाल महाराजा धिराज नभएको भन्दै सरकारले त्यसलाई बन्द गर्न लागेको प्रशासनले जनाएको छ।
लोकतान्त्रिक गणतन्त्रको उदारतालाई दुरुपयोग गर्दै यस्तो गरिएकोमा अब भने सरकारले त्यस्तो छाडा गतिविधिमा मूक दर्शक भएर नबस्ने सङ्केत दिएको छ। संसारमा सबै तिर जनता शासक हुन आन्दोलन गर्छन्, तर नेपालका राजावादीहरू  प्रजा बनाउनका लागि मालिक खोजिरहेको टिप्पणी हु्ंदै आएको छ। सरकारले अव संविधान भन्दा बाहिर गएर हुने यस्ता गतिविधिमा रोक लगाउन सुरुवात गरेको छ। त्यो सुरुवात हो – पूर्व राजा ज्ञानेन्द्रको सचिवालयलाई महाराज धिराज उल्लेख गरेकोमा स्पष्टीकरण ।

यस क्रममा यस्तो सम्बोधन गरेर पत्र लेख्ने पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।  । उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गर्ने गरेका थिए।
पाठकले पूर्व राजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजाधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य