11.1 C
Kathmandu

विद्यादेवी भण्डारीसँग बूढानीलकण्ठका महिला नेतृहरूको विशेष अन्तरक्रिया, नेतृत्व विकासमा जोड

Categories:

-

काठमाडौं,२२ असार  । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीसँग बूढानीलकण्ठ नगरपालिकामा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूको विशेष अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीमा आवद्ध महिला सदस्यहरू, १३ वटै वडा कमिटीका महिला पदाधिकारी, महिला जनप्रतिनिधिहरू, अखिल नेपाल महिला संघ (अनेमसंघ) बूढानीलकण्ठ नगर कमिटीका सदस्यहरू, साथै १३ वटै वडाका अनेमसंघ अध्यक्षहरू सहभागी थिए।

कार्यक्रमको उद्देश्य बूढानीलकण्ठ नगरका महिला नेतृहरूलाई पूर्वराष्ट्रपतिजस्तो अनुभवी नेतृत्वसँग जोड्दै संगठन, नेतृत्व विकास, र महिला सशक्तिकरणका मुद्दामा प्रत्यक्ष संवाद गराउने थियो। सहभागी महिला नेतृहरूले स्थानीय स्तरमा गरेका अनुभवहरू साझा गर्दै पार्टीभित्रको भूमिकाबारे विचार आदानप्रदान गरे।

अन्तरक्रिया क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नेतृत्व क्षमतामा कुनै अभाव नरहेको स्पष्ट पार्दै भनिन्, “महिला राजनीतिज्ञहरू आत्मविश्वासी र सक्षम छन्, तर संस्थागत रूपमा उनीहरूको सहभागिता अझ सुदृढ गर्न आवश्यक छ।” उनले बूढानीलकण्ठका महिला नेतृहरूमा देखिएको सक्रियता, प्रतिबद्धता र ऊर्जा निकै प्रेरणादायी रहेको धारणा राखिन्।

कार्यक्रममा सहभागी नेतृहरूले पूर्वराष्ट्रपतिसँगको प्रत्यक्ष अन्तरक्रियाले आफूहरूमा नयाँ उत्साह, स्पष्ट उद्देश्य र आगामी यात्राका लागि मार्गदर्शन मिलेको बताए।

नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीले संयोजन  गरेको यो कार्यक्रमले महिला नेतृहरूलाई संगठनभित्र अझ संगठित र प्रभावशाली भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकहरूको भनाइ छ।

‘यस किसिमको अन्तरक्रियाले महिलाहरूको नेतृत्व क्षमतामा विश्वास बढाउनुका साथै पार्टी संरचनाभित्र उनीहरूको भूमिकालाई थप बलियो बनाउन मद्दत पुग्ने छ ।’ नेकपा एमाले बुढानिलकण्ठ नगरकमिटि अध्यक्ष प्रदिप डंगोलले भने ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य