‘कोदोको बोटमाथि फुलेका गुलाफ’ पुरुषोत्तम दाहाल पिता–पुत्रको कृति  ‘वंशवृक्ष’  सार्बजनिक 

Categories:

-

काठमाडौं  २२ असार ।  कुनै बेला वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको नाम सुन्दा पंञ्चयतको सातो जान्थ्यो। उनी  लोकतान्त्रिक आन्दोलनका लागि समुद्रको आइल्याण्ड जस्तै थिए। उनी राजनीतिमा पनि काँग्रेसका धरोहर नै मानिन्छन् । उनीसँगका राजनीतिज्ञ हरू सम्पन्नता र विलासिताको शिखर चढे। तर दाहालले त्यस तर्फ आँखा  सम्म लगाएनन् ।  उनी निष्ठा, साहित्य र सदगमयको  शिखरमा लम्की रहे। उमेरले उनी ७ दशकको लाइनमा छन् । तर उनको निष्ठा,  साहित्य, पत्रकारिता र स्वतन्त्रताको कुरा जस्ताका तस्तै हरिया छन् जो हिजो उनको बालमस्तिष्कमा थियो ।
ओखलढ्ंगा जिल्लाको बिगुटारमा जन्मका उनी स गौरव साथ कोदाको बोटमुनि हुर्केको भन्न अलिकति पनि हिच्किचाउदैनन। उनी आफू त्यो ठाउँबाट आएर काठमाडौँका सडकमा गरेको सङ्घर्षको कथा उनको तितो विगत छ। तर उनी त्यसलाई मिठो स्वादमा सबैलाई सुनाउँछन् । त्यसैले धेरैले उनलाई भन्छन् – कोदोको बोटमाथि फुलेको बिचार र लोकतन्त्रको मिठो गुलाफ ।
आफ्ना जीवनमा केही न केही गरिरहने यिनको आदत छ।  दाहालले यही क्रममा हालै एउटा कृति सार्बजनिक गरे – वंशवृक्ष   दाहालका पुत्र र अनिशसंगको यो एउटा संयुक्त पहिलो कृति हो।

। साहित्यिक पत्रकार सङ्घ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा काठमाडौँको अनामनगरस्थित डालो रेस्टुरेन्टमा शनिवार विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष साहित्यकार वियोगी बुढाथोकी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.विष्णु केसी, शीर्ष कवि कलानिधि दाहाल, साहित्यकार खेमनाथ दाहाल, डा. कृष्णप्रसाद भट्टराई, लेखक तथा सिटिजन्म बैङ्कका प्रमुख कार्यकारी गणेशराज पोखरेल, समाजसेवी शान्ता दाहाल स्रष्टा पुरुषोत्तम दाहाल र साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, समाजसेवी हरिप्रसाद भट्टराईलगायत मञ्चासिन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो ।

पिता तथा पुत्रको यो संयुक्त कवितासंग्रह हो । ११५ पृष्ठ रहेको पुस्तकमा ३० वटा कविताले ९१ पृष्ठ ओगटेको छ । ‘क’खण्डमा पिता पुरुषोत्तम दाहालका १७ वटा कविता छन् भने खण्ड’ख’मा पुत्र अनिमेष दाहालको १३ वटा रहेका छन् ।

अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित थिए भने प्रा.पुरुषोत्तम दाहालले आफ्नो कृति रचनाबारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा उनले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताए । कवि दाहालका एक दर्जन जति कृति प्रकाशित छन् । यसअघि उनका उपन्यास ‘शान्ता’, ‘कालपात्र’, कवितासंग्रह ‘कालो बादलमा उज्याला पाइला’ जस्ता कृति पाठकमाझ आएका छन् । सो अवसरमा उनका यी कृतिको समेत चर्चा भएको थियोे । कवि पुरुषोत्तम दाहालले लोकार्पित कृतिबाट ‘नलीहाड धुन’ भन्ने कविता पनि वाचन गरेका थिए ।

कार्यक्रममा प्रा.विष्णु केसीले खण्ड ‘क’को प्रा.पुरुषोत्तम दाहालका १७ वटा कविताको समीक्षात्मक टिप्पणी गरे  । अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू मुखरित भएको उनले बताए । साथै, उनले संग्रहबाट एउटा कविता पनि वाचन गरेका थिए।

त्यसैगरी, अर्का समीक्षक महाकाव्यकार खेमनाथ दाहालले खण्ड ‘ख’को कवि अनिमेष दाहालका १३ वटा कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताए।
कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट साहित्यकार डा. कृष्णप्रसाद भट्टराई र लोककलाकार, संस्कृृतिकर्मी नन्दकृष्ण जोशीले एक–एकवटा कविता वाचन गरेका थिए । कार्यक्रममा कलानिधि दाहाल, अश्विनी कोइराला, मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य प्रकट गर्दै नेपाली साहित्य भण्डारमा थप सिर्जनाहरू यसरी नै थपिँदै जानुपर्ने विचार प्रकट गरे । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष तथा अनेसासका पूर्व अध्यक्ष लेकालीले संघको गतिविधिमाथि प्रकाश पार्दै कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले पुस्तकको न्वारान आफूले गरिदिन पाएको र कवि दाहालद्वयले मन पराइदिएकोमा  आभार प्रकट गर्दै प्रकाशनको जिम्मेवारी लिन पाएकोमा धन्यवाद पनि ज्ञापन गरेका थिए

सो अवसरमा स्रष्टा कवि दाहाललाई ‘स्रष्टा सम्मान’ले विभूषित गरिएको थियो भने गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान प्रकट गरिएको थियोे । कवि विनोद दाहाल ‘वत्स’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको समुद्घाटन शान्ता फाउन्डेसनकी अध्यक्ष शान्ता दाहालले गरेकी थिइन् भने सहजीकरण गीतकार निर्देशक गणेश सुवेदीले गरेका थिए । कार्यक्रममा लेखक, पत्रकार, प्राध्यापक, कलाकार,पूर्वसचिवहरूसहित विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य