गोकुलको प्रश्न- हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ?

Categories:

-

काठमाडौँ, ११ असार  । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले हरेक साल जेठ-असारमा मल र  कृषिमन्त्री  किन एकसाथ बेपत्ता हुन्छन ? भन्दै व्यंग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन तर हरेक साल जेठ-असारमा मल र  कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो भनेका छन् ।

उनले भनेका छन्- 

बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन । तर हरेक साल जेठ-असारमा मल र  कृषि मन्त्री  किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो । राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन । लौ न कोही छ !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य