21.1 C
Kathmandu

रवीन्द्र  मिश्र र धवल शमशेर फरार भएपछि जमानत दिने वकिल तनावमा 

Categories:

-

काठमाडौं ३१ जेठ । चैत १५ गते राजा फर्काउने आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका  उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा  अदालतको फरार सूचीमा परेपछि हाजिरी जमानी दिने दुई कानुन व्यवसायीहरू तनावमा परेको स्रोतले जानकारी दिएको छ।
धवल शमशेर ज.ब.रा र रवीन्द्र मिश्र समेत भएको राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराध समेतको कसूर मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकोमा वैशाख ७ गते उनीहरू जनही १ लाख धरौटीमा छुटेका थिए। मिश्रलाई  खोजका बखत हाजिर गराउने गरी  कानुन व्यवसायी अधिवक्ता श्याम बहादुर शाही र अधिवक्ता वसन्त ब्लोनको जिम्मामा छोडिएको थियो । त्यसै गरी राणालाई उनकै सचिवालयका उमेश सिंह विष्टको  जमानीमा छोडिएको थियो।
तर दुवै नेतालाई उपस्थित  गराउन अदालते दिएको समय भित्र उपस्थित नगराएकोले जमानी दिने सबैलाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
स्रोतका अनुसार दुवै जना कानुन ब्यबासायीले अदालतमा जरिवाना रकम बुझाई सकेका छन् । यसरी जरिवाना बुझाउनु भनेको कानुन व्यवसायीको आफ्नो पेसामा दखल हुने एक वकिलले बताएका उनका अनुसार यसरी जरिवाना बुझाइएको विवरण समेत वार काउन्सिलमा बोधार्थ पठाइने गरिन्छ। यसरी बोधार्थ पठाउनु  भनेको नै  भावी दिनमा वकिलको दायित्व माथि प्रश्न  उठेको मानिन्छ।  यदि कानुन व्यवसायी भविष्यमा न्यायाधीश बन्ने लाइनमा भएको बेला यो एउटा कालो धब्बाको रूपमा अगाडि आउने बताइएको छ। त्यसैले मिश्रको हाजिरी जमानी दिने दुवै कानुन व्यवसायी अहिले तनावमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य