काठमाडौं, २९ जेठ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहान १० बजेदेखि सुरु भएको छ।
निर्वाचन समितिका अनुसार मतदानका लागि ४३ वटा इलेकट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरिएको छ। समितिले आज साँझ ४ बजेसम्म लाइनमा उभिएका प्रतिनिधिहरूलाई मात्र मतदानको अवसर दिने जनाएको छ।
मतदान सम्पन्न भएको एक घण्टापछि मतगणना सुरु गर्ने र आज राति नै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको समितिले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्

