राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरु आज नारायणचौरमा प्रदर्शन गर्दै

Categories:

-

काठमाडौं, जेठ १८ – राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गर्दै आन्दोलनमा रहेका राजावादीहरु आज दिउँसो २ बजे काठमाडौंको नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्दैछन्। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले उक्त प्रदर्शन आयोजना गरेको हो।

राजावादीहरुले संघीयता खारेज, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग पनि अघि सारेका छन्। हिजो उनीहरुले नारायणहिटी दरबार दक्षिण गेटमा भेला हुन खोज्दा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि रत्नपार्कमा भेला भएर बालुवाटारतर्फ जुलुस निकालेका थिए। तर प्रहरीले गैह्रीधारामै रोक्दा उनीहरुले त्यहीँ चर्को नाराबाजी गरेका थिए।

राप्रपाका नेताहरुसमेत सहभागी प्रदर्शनमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लेखिएका प्लेकार्ड देखिएका थिए। सरकारले प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालय वरपर पहिल्यैदेखि निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राजावादीहरुले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि आन्दोलनलाई पुनः तिव्र बनाएका छन्। उनीहरुको भनाइ अनुसार राजसंस्था पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य