आईपीएलमा आतंकबादको बिरोधः हैदारबाद–मुम्वई का खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने

Categories:

-

काठमाडौं, १० बैशाख । आज हुनेसनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल खेलमा सबै खेलाडी र अम्पायर कालोपट्टी लगाएर मैदानमा आउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २२ अप्रिल, मंगलबारमा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली दिन यो निर्णय गरेको हो।

यति मात्र होइन, आजको यो खेलमा मैदानमा कुनै किसिमको उत्सव पनि हुने छैन । खेल शान्तिपूर्ण रुपमा खेलाइने छ । न पटाका फुट्नेछ, न त द लेडी चियर्सहरूले नै नाच्नेछन् । खेलअघि आतंकवादी हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिने छ ।

खेल भारतीय समय अनुसार साँझ ७ः३० बजेवाट सुरू हुृनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य