लिङ्देनको चुनौती: पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गरेर देखाऊ

Categories:

-

काठमाडौँ ,१६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।

शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले पूर्वराजालाई कुनै विवादमा तान्न नहुने बताए।

उनले आफूले चुनाव जित्न राजसंस्थाको कुरा नगरेको भन्दै नेपालमा राजसंस्थाको आवश्यकता रहेको उल्लेख गरे। तीनकुने घटनामा पूर्वराजा शाहको नाम जोडिएकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘राजालाई विवादमा तान्नु हुन्न। पक्राउ गरेर देखाउनु, अनि शक्ति हामी देखाउँछौँ।’

लिङ्देनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सरकारले नै भूमिका खेलेको आरोप लगाए। साथै, हिंसा भड्काएको आरोपमा पक्राउ परेका नेता रविन्द्र मिश्र, डा. धवल शमशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोध कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य