पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास फर्किए, राजधानीका सडक प्रभावित

Categories:

-

काठमाडौं,२५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं फर्किएका छन्। दिउँसो साढे ३ बजे समिट एअरको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका शाह समर्थकहरूको स्वागत ग्रहण गर्दै साँझ महाराजगञ्जस्थित निर्मल निवास पुगे।

राजावादी समर्थकहरूले त्रिभुवन विमानस्थल बाहिर नारा जुलुससहित शाहको स्वागत गरेका थिए। उनीहरूले र्याली निकाल्दै गौशाला, चाबहिल, धुम्बाराही, नारायणगोपाल चोक हुँदै निर्मल निवास पुर्‍याएका थिए। पूर्वराजा शाह आफ्नो निजी निवास प्रवेश गर्दा साँझ परिसकेको थियो।

शाहको स्वागतका क्रममा राजधानीका विभिन्न सडक प्रभावित बने। नारायणगोपाल चोकबाट सुरु भएको जुलुस निर्मल निवासतर्फ अघि बढेपछि साँझ पानीपोखरी क्षेत्रका पैदलयात्री र सवारी साधनलाई प्रवेशमा रोक लगाइयो।

राजधानीका मुख्य सडकमा भएको भीडका कारण सर्वसाधारणलाई असुविधा भयो। प्रहरीले यातायात व्यवस्थापनका लागि माइक्रोफोनबाट सूचना दिँदै सवारी साधनलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गर्‍यो। कान्ति बाल अस्पताल र टिचिङ अस्पतालको बीचबाटो हुँदै बसुन्धरा चौकी, तिलिङेटारतर्फ गाडीहरू पठाइएको थियो।

पूर्वराजा शाह पछिल्लो समय सक्रिय देखिएका छन्। उनको भ्रमण र समर्थकहरूको प्रदर्शनलाई लिएर विभिन्न राजनीतिक तहबाट मिश्रित प्रतिक्रिया आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य