अर्जुन थपलिया नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय कार्यालय प्रमुख नियुक्त

Categories:

-

काठमाडौँ,१२ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य अर्जुन थपलिया पार्टीको केन्द्रीय कार्यालय प्रमुखको रूपमा नियुक्त भएका छन्। यस निर्णयसँगै थपलियाले पार्टीको केन्द्रीय प्रशासन र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्त्वले यो नियुक्ति थपलियाको पार्टीप्रति समर्पण र नेतृत्व क्षमतामा विश्वास राखेर गरेको जनाएको छ। अर्जुन थपलिया पार्टीको स्थापना कालदेखि नै सक्रिय सदस्य रहेका छन् र उनले पार्टीका विभिन्न रणनीतिक निर्णयहरूमा भाग लिएका छन्। उनले पार्टीको नीति र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने वचन दिएका छन्।

थपलिया काठमाडौँको एक सक्रिय युवा नेता पनि हुन् र यसअघि पार्टीका विभिन्न महत्वपूर्ण भूमिकामा रहेका छन्। उनी समाजिक सञ्जाल र प्रविधिका माध्यमबाट पार्टीको विचारधारालाई जनतासम्म पुर्याउने कार्यमा पनि अग्रणी रहेका छन भने  पार्टीका नेता र कार्यकर्ताहरूका बीच थपलियाको नाम उच्च सम्मान र विश्वासको साथ लिइन्छ।

थपलियाको नयाँ भूमिकामा नियुक्तिले पार्टीको संरचना र समन्वयमा सशक्तता ल्याउने विश्वास गरिएको छ। उनका समर्थकहरू यस नियुक्तिलाई स्वागत गर्दै, थपलिया पार्टीको प्रगति र लोकप्रियतामा नयाँ उचाइमा पुर्याउने दृषटिकोनमा आशावादी छन्।

यस नियुक्तिको साथै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) आफ्नो विकास र संरचनात्मक सुधारका लागि नयाँ दिशा र योजनासँग अघि बढ्न तत्पर देखिन्छ। अर्जुन थपलियाले आफ्नो जिम्मेवारीलाई इमानदारी र प्रतिबद्धतासाथ निभाउने बताए जसले पार्टीको आन्तरिक प्रशासन र नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य