काठमाडौं, १० फागुन । नो केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गर्दा प्रहरीसँग झडप भएको छ। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।
काफ्लेपाटीबाट फर्किएको प्रदर्शनकारी समूहले फुङलिङमा नारा जुलुस र राँके जुलुस प्रदर्शन गरेका थिए। प्रदर्शन वीरेन्द्र चोकमा भएको थियो र राजेन्द्र महतोको नेतृत्वमा मधेश प्रदेशबाट आएका प्रदर्शनकारीहरू पनि सहभागी थिए।
प्रदर्शनकारीहरूले केही घरमा आगजनीको प्रयास गरेका र प्रहरीमाथि आगाेको मुस्लाे फ्याँकेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले नेपाल प्रेससँग जानकारी दिए।
सुरक्षा समितिको बैठक अहिले बसिरहेको र केही घरमा आगजानीको प्रयास भएको बारेमा अनुसन्धान भइरहेको सीडीओ पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्

