spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाका लागि सभामुखलाई निवेदन दिए

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ,१८ माघ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।

शुक्रबार सभामुख घिमिरेको कार्यकक्षमा पुगेका लामिछानेले आफूलाई फौजदारी कसुरमा दोषी ठहर नगरिएको भन्दै निलम्बन फुकुवा गर्नुपर्ने निवेदन दिएका हुन्।

लामिछानेले कास्की, काठमाडौँ र रूपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरिसकेको र संविधान तथा कानुनअनुसार आफ्नो सांसद पद कायम हुनुपर्ने जिकिर गरेका छन्।

निवेदनमा के भनिएको छ?

‘म चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुँ। फौजदारी कसुरको अनुसन्धानका क्रममा २०८१ मंसिर २ गते पक्राउ गरिएको जानकारी संविधानको धारा १०३(६) अनुसार सम्माननीय सभामुखसमक्ष आएको थियो। त्यसैका आधारमा प्रतिनिधि सभा नियमावली २०७१ को नियम २४८(२) अनुसार म निलम्बित भएँ। तर अदालतहरूले मलाई धरौटीमा रिहा गरिसकेको हुँदा निलम्बन फुकुवा गरिनुपर्छ,’ लामिछानेले निवेदनमा उल्लेख गरेका छन्।

उनले संसद सचिवालयबाट २०८१ मंसिर ३ गते निलम्बनको सूचना प्रकाशित भएको र पुस ८ गते सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत थप सूचना आएको स्मरण गराएका छन्।

लामिछाने धरौटीमा रिहा

कास्की जिल्ला अदालतले पुस २५ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग ६५ करोड रुपैयाँ धरौटी माग गरेको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतमा माघ २ गते ६० लाख धरौटी बुझाएका थिए भने रूपन्देही अदालतमा १ करोड धरौटी बुझाएका थिए।

अब सभामुखले लामिछानेको निवेदनबारे के निर्णय लिन्छन् भन्ने विषयमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग