सेयर बजार बन्द, आगामी आइतबार बिहान ११ बजे मात्र खुल्ने

Categories:

-

काठमाडौं, १६ माघ  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार र बिहीबार दुई दिन बन्द हुने भएको छ।

सरकारले माघ १६ गते शहीद दिवस र माघ १७ गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ। यससँगै सरकारी कार्यालयहरूसहित सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द रहनेछन्।

अब सेयर बजार आगामी आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरू भने शुक्रबारदेखि नियमितरूपमा खुल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य