अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना सुरु गर्न पेरिसडाँडामा छलफल

Categories:

-

काठमाडौं, १५ माघ। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना सुरु गर्न सबै उम्मेदवारलाई पेरिसडाँडामा छलफलका लागि बोलाइएको छ।

गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) अन्तर्गत वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबारदेखि रोकिएको थियो।

मतपत्रमा रेजा लगाउन रातो मसी मात्र प्रयोग गर्नुपर्नेमा कालो मसी पनि प्रयोग भएको देखिएपछि विवाद उत्पन्न भएको हो। अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा कालो मसीले गरेको मतदानलाई सदर गर्नुपर्ने अडानमा छन्, भने हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले पूर्वनिर्धारित रातो मसीवाला मतलाई मात्र मान्यता दिनुपर्ने जिकिर गरेका छन्।

अहिलेसम्म सात भौगोलिक प्रदेशको मतगणना सम्पन्न भएको छ। तर, वाल्मीकि विद्यापीठको विवादित मतले अध्यक्षका उम्मेदवारहरूबीचको प्रतिस्पर्धालाई निर्णायक मोड दिनसक्ने देखिएको छ।

निर्वाचन समितिका अनुसार, मतगणना सुरु गर्न सहमति जुटाउन आज (मंगलबार) पेरिसडाँडामा छलफल गरिनेछ। अहिलेसम्मको परिणामले प्रचण्ड पक्षधर सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य