काठमाडौँ,१५ माघ ।नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले पार्टीको सांगठनिक संरचना विस्तार गर्न नयाँ मनोनयन प्रस्ताव गर्दै बागमती प्रदेश कमिटीमा अनुमोदनका लागि सिफारिस गरेको छ।
जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक (२०७८ पौष १२) र पाँचौं सचिवालय बैठक (२०७८ माघ १०) ले पार्टी विधान २०४९ को संशोधित प्रावधानअनुसार नयाँ सदस्यहरुलाई मनोनयन गर्ने निर्णय गरेको हो। यी मनोनयनहरूमा जिल्ला कमिटीका लागि केही सदस्य चयन गरिएको छ भने अन्तरपार्टी निर्देशन–१० को आधारमा केही प्रतिनिधि/प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका लागि सिफारिस गरिएका छन्।
पार्टीले सांगठनिक संरचनामा युवाको सहभागिता बढाउन र नेतृत्व विकासको क्रममा नयाँ जोश र जाँगरका साथ काम गर्ने कार्यकर्ताहरूलाई प्राथमिकता दिएको बताएको छ । बैठकका निर्णयअनुसार, अनुसूची–१ मा जिल्ला कमिटीका लागि सिफारिस गरिएका सदस्यहरुको सूची समावेश छ भने अनुसूची–२ मा प्रतिनिधि/प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका लागि मनोनित नामहरूको विवरण छ।
जिल्ला कमिटीका अनुसार, यो सिफारिसले पार्टीको सांगठनिक विकासलाई थप सबल बनाउने विश्वास लिइएको छ। बागमती प्रदेश कमिटीले सिफारिसलाई अनुमोदन गरेपछि यी मनोनयनलाई औपचारिकता दिइनेछ।
नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाका अनुसार, “पार्टी विधान र अन्तरपार्टी निर्देशनअनुसार गरिएको यो निर्णयले संगठनको आधारलाई बलियो बनाउनेछ। यसले आगामी दिनमा पार्टीलाई सामूहिक नेतृत्व र निर्णय प्रक्रियामा नयाँ ऊर्जा थप्न मद्दत गर्नेछ।”
पार्टीको निर्णय प्रक्रिया पारदर्शी राख्ने उद्देश्यले यस्ता बैठकहरूमा सबैको सहमति सुनिश्चित गरिएको बताइएको छ। यो सिफारिस पार्टीको सांगठनिक सुदृढीकरण र आगामी निर्वाचन तयारीको योजना अन्तर्गत गरिएको उल्लेख गरिएको छ।
नेकपा (एमाले) को नेतृत्वले बागमती प्रदेश कमिटीबाट अनुमोदन प्रक्रिया चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
यस्तो छ मनोनयन सिफारिसमा परेका सदस्यहरुको नामावली









