12.1 C
Kathmandu

कर्णाली प्रदेश कमिटी सदस्य रम्तेल माओवादी त्यागेर एमाले प्रवेश

Categories:

-

सुर्खेत, ६ माघ  । कर्णाली प्रदेश माओवादी कमिटी सदस्य मोतिराम रम्तेलले पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। कर्णाली प्रदेश कमिटीको बैठक चलिरहेका बेला बैठक कक्षमै पुगेर रम्तेलले एमाले प्रवेशको घोषणा गरेका थिए ।

रम्तेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्षसमेत हुनुहुन्थ्यो। चुली युवा क्लबका अध्यक्ष रम्तेलले माओवादी परित्याग गरेर शनिवार एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेशको घोषणा गर्दै रम्तेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशविरोधी गतिविधिमा संलग्न रहेको आरोप लागेका थिए । उनले भने भयो, “प्रचण्ड कमरेड भारतको असली घोडा बनेर नेपालमा गतिविधि गरिरहनुभएको छ। यस्तो अवस्थामा राष्ट्रवादी कोही पनि माओवादीमा रहन सक्दैन। यही निष्कर्षका आधारमा मैले एमाले रोजेको हुँ।”

रम्तेललाई कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल, प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटी, र कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलगायत नेताहरूले स्वागत गरेका थिए ।

रम्तेलको एमाले प्रवेशलाई कर्णाली प्रदेशको राजनीतिको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ। यो घटनाले माओवादीभित्र देखिएको असन्तुष्टिलाई थप उजागर गरेको मात्र होइन  एमालेले आफ्नो आधार क्षेत्र बलियो बनाउन खोजेको संकेत दिएको विश्लेषकहरूको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य