आलोकनगरमा प्रमुख प्रतिपक्षी दलहरूको बैठक सुरु, समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास

Categories:

-

काठमाडौं, २ माघ ।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन्।

समाजवादी मोर्चामा चक्रिय प्रणालीमा नेतृत्व परिवर्तन हुने बताइएको छ। वर्तमानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक रहेका छन्। पछिल्लो समय मोर्चा केही निस्क्रिय भएपछि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दुई पटक छलफल भएको थियो।

उनीहरुबीचको छलफलपछि मोर्चालाई सक्रिय बनाउन बैठक आयोजना गरिएको हो। यसअघि जसपा नेपालका नेता उपेन्द्र यादव पनि मोर्चामा आवद्ध थिए, तर पार्टी विभाजित भएपछि उनले मोर्चाबाट बाहिरिएका थिए। यादवले प्रचण्डलाई दोषी देखाउँदै मोर्चा छाडेका थिए।

प्रचण्ड र माधव नेपालबीचको पछिल्लो छलफलमा यादवलाई मोर्चामा फर्काउने प्रयास गर्ने सहमति भएको बताइएको छ। यस घटनाले समाजवादी मोर्चामा पुनः एकता ल्याउने र आगामी चुनावी रणनीतिमा सशक्त बनाउने आशा व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य