काठमाडौँ, २१ पुस ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुढानिलकण्ठ नगर कमिटीको चौथो अधिवेशनले ५५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। अधिवेशनले पार्टीको आगामी नेतृत्वको संरचना र संगठनात्मक क्रियाकलापलाई पुनः सुदृढ गर्ने लक्ष्य राखेको छ।
अधिवेशनमा भाईनारायण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित पदाधिकारीमा हेमा अधिकारी, राज प्याकुरेल, पुरुषोत्तम कोइराला उपाध्यक्षका रूपमा निर्वाचित भएका छन् भने टीका नगरकोटी सचिव, दिपक अधिकारी सह-सचिव र दामोदर पौडेल कोषाध्यक्षका रूपमा चयन भएका छन्।
अधिवेशनमा बुढानिलकण्ठका विभिन्न पार्टी कार्यकर्ताहरू र नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा नवनिर्वाचित अध्यक्ष भाईनारायण श्रेष्ठले पार्टीको आगामी कार्य योजनाबारे जानकारी दिँदै, आगामी चुनावमा पार्टीलाई विजयी बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक र राजनीतिक अभियन्ताका रूपमा काम गर्न आह्वान गरे।
कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेता र कार्यकर्ताहरूले आफ्नो मन्तव्य राख्दै पार्टीको संगठनलाई अझ मजबुत बनाउने र बुढानिलकण्ठमा विकासका नयाँ आयाम थप्नको लागि समर्पित कार्यसमिति गठन भएकोमा खुशी व्यक्त गरे। उनीहरूले आगामी निर्वाचनका लागि तयारीमा जुट्न र पार्टीको विचारधारालाई सबै तहसम्म पुर्याउने दृषटिको समर्पण गर्नु पर्ने उल्लेख गरे।
नव निर्वाचित कार्यसमितिले पार्टीको संगठनलाई थप सुदृढ गर्दै आगामी योजनामा काम गर्ने योजना बनाएको छ।