spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाड्ने घोषणा गरे

spot_img

-

काठमाडौँ, २१ पुस ।  नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नहुने बताएका छन्। उनले भने, “हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।”

खनालले २६औं प्रहरी प्रमुखको रूपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। ३० वर्षे सेवापछि अवकाश प्राप्त गरेपछि उनले नेकपा एमालेसँग सम्बन्ध जोडेका थिए र ६ असोज २०७९ मा औपचारिक रूपमा एमालेमा प्रवेश गरेका थिए।

अब, खनाल स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग