spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

हेटौंडा–१२ मा कांग्रेसका अर्जुन तिवारी विजयी

spot_img

-

काठमाडौँ, मङ्सिर १७ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा तिवारीले २,०६३ मत प्राप्त गर्दै जित हासिल गरे।

यसअघि २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानसँग पराजित भएका तिवारीले तेस्रो प्रयासमा सफलता पाएका हुन्। यो पटक माओवादीका रवीन प्रधान प्रतिस्पर्धामा थिए, जसले १,५६० मत ल्याउँदै दोस्रो स्थानमा चित्त बुझाए। एमालेका राजेश नगरकोटीले १,३९८ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे।

कुल ८,०५३ मतदातामध्ये ६८.०८ प्रतिशत अर्थात् ५,४८३ मत खसेको यो उपनिर्वाचनमा तिवारीको जित कांग्रेसको लागि महत्त्वपूर्ण रहेको छ। मतदाताको लामो विश्वास जित्दै तिवारीले वडाको विकासका लागि इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग