काठमाडौँ, मङ्सिर १७ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा यसपटक भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले ठूला दलहरूलाई पराजित गर्दै विजयी हासिल गरेकी छन्। उनले १,५८४ मत प्राप्त गरी जित हासिल गर्दा कांग्रेसका देवेन्द्र पाठकले १,३०४ मत र एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत ल्याएका थिए।
०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार मुकुन्द रिजालले ४,०१९ मत ल्याएर विजयी हुँदा लक्ष्मीरत्न तुलाधरले ३,३१० र एकीकृत समाजवादीका लक्ष्मण गमालले १,५८९ मत प्राप्त गरेका थिए। यसपटकको नतिजाले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिको उदयलाई संकेत गरेको देखिन्छ।