spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

बालेनको हिसाब किताब यस्तो

spot_img

-

काठमाडौँ, मङ्सिर १६ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को साउनदेखि असोजसम्मको तुलनात्मक आम्दानी विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले यस अवधिमा समग्र राजस्व ८.८७ प्रतिशतले वृद्धि भएको देखाए पनि केही प्रमुख शिर्षकहरूमा उल्लेखनीय कमी आएको छ।

प्रमुख वृद्धि

महानगरको आन्तरिक अनुदानतर्फ उल्लेखनीय वृद्धि देखिएको छ। प्रदेश शसर्त अनुदान चालु शीर्षकमा १२४.२३ प्रतिशत वृद्धि भई रु. ७९ लाख ३० हजार पुगेको छ। यस्तै, नेपाल सरकार शसर्त अनुदान पुँजीगततर्फ ३८१.५४ प्रतिशतको उच्च वृद्धि देखिएको छ।

विवरणले सिफारिश दस्तुरमा पनि २१.२३ प्रतिशतले वृद्धि देखाएको छ भने न्यायिक दस्तुर र शिक्षा क्षेत्रको आम्दानीमा क्रमशः ४५.३७ प्रतिशत र ४८.६१ प्रतिशतको वृद्धि भएको छ।

राजस्वको प्रमुख कमी

आन्तरिक राजस्वका केही मुख्य शिर्षकमा भने ठूलो गिरावट देखिएको छ।

  • नक्सापास दस्तुर: ५१.५५ प्रतिशतले कमी भई १० करोड ६ लाख रुपैयाँले घटेको छ।
  • सवारी साधन कर: ६०.६३ प्रतिशतले कमी भई झण्डै ४ करोड ८७ लाख रुपैयाँले घटेको छ।
  • पार्किङ शुल्क: यस वर्ष पूर्ण रूपमा शून्य भएको छ।

त्यस्तै, बाँडफाँडबाट प्राप्त मनोरञ्जन कर र विज्ञापन कर पनि शून्य भएका छन्।

समग्र अवस्था

महानगरपालिकाले साउनदेखि असोजसम्म कुल रु. २६ अर्ब ७८ करोड १२ लाख राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.८७ प्रतिशतले बढी हो। अनुदानतर्फ वृद्धि भए पनि आन्तरिक राजस्वमा ५.२४ प्रतिशतको गिरावट देखिएको छ।

विशेषज्ञहरूले राजस्व संकलन प्रणाली सुधार गर्न र घट्दो शिर्षकहरूको पुनरवलोकन गर्न सुझाव दिएका छन्। राजस्व व्यवस्थापनका थप सुधारसँगै समग्र विकासलाई गतिशील बनाउने अपेक्षा गरिएको छ।

हेर्नुहोस् अन्य विवरण :

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग