spot_img
19.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

कीर्तिपुर उपनिर्वाचनमा दुई वटा मतपत्र हुने

spot_img

-

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँको कीर्तिपुर नगरपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा मतदातालाई दुईवटा मतपत्र प्रदान गरिनेछ। कीर्तिपुर नगरपालिकामा मेयर र दुईवटा वडाध्यक्ष पदका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन्।

कीर्तिपुर नगरपालिकामा मेयर र वडा नम्बर १ र ४ का वडाध्यक्ष पद खाली भएकाले उपनिर्वाचन हुँदैछ। मतदाताले मेयरको मतदान गरिसकेपछि सम्बन्धित वडाका वडाध्यक्षको लागि छुट्टै मतपत्र पाउने व्यवस्था मिलाइएको छ।

देशभर ३३ जिल्लाका ४१ स्थानीय तहमा उपनिर्वाचनको तयारी भइरहेको छ। कैलाली र ओखलढुंगाका जिसस प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगाका वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी ४१ स्थानमा मात्रै मतदान हुनेछ।

यो उपनिर्वाचन मंसिर १६ गते आइतबार देशका ३३ जिल्लाका ४४ पदको लागि तय गरिएको थियो, तर तीन पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैले बाँकी स्थानहरूमा मात्रै मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग