रास्वपाका उम्मेदवारलाई धम्की

Categories:

-

काठमाडौँ,२ मङ्सिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारलाई धम्क्याइएको घटनाप्रति निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ। हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेकी सुजता थापामाथि धाकधम्की देखाई उम्मेदवारी दर्ता गर्न नदिएको आरोपसहित रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा लिखित उजुरी दिएका हुन्। उजुरीमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरिएको छ।

रास्वपाको दाबीअनुसार, सुजता थापा र उनका श्रीमानलाई ४०-४५ जनाको समूहले अपहरण शैलीमा घरबाट तानेर अज्ञात स्थलतर्फ लगेको थियो। साथै, निर्वाचन प्रचारमा खटिएका अन्य नेताहरूमाथि कुटपिट गरिएको आरोप छ। घटनाको जानकारी पाउनासाथ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई सूचना दिइएको र प्रहरीले खोजतलासका लागि तत्काल कदम चालेको उजुरीमा उल्लेख छ।

रास्वपाका अनुसार, मानसिक यातना र धम्कीको कारण सुजता थापा उम्मेदवारी दर्ता गर्न नसक्ने अवस्थामा पुगेकी छन्। उनीमाथि भएको हिंसात्मक व्यवहारमा नेपाली कांग्रेसका सदस्यहरूको संलग्नताको सूचना प्राप्त भएको पनि उल्लेख गरिएको छ।

कविन्द्र बुर्लाकोटीले दोषीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीमुक्त बनाउन जोड दिँदै, संसदको चौथो ठूलो राजनीतिक दलमाथि भएको यो अलोकतान्त्रिक गतिविधिको निन्दा गरेका छन्। रास्वपाले घटनामा संलग्नहरूलाई कानुनी कारबाही गराउनका लागि दबाब

दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य