नेकपा (एकीकृत समाजवादी) को अधिवेशन तयारी पूरा, ५७५ प्रतिनिधि निर्वाचित

Categories:

-

काठमाडौँ, २५ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५७५ प्रतिनिधि निर्वाचित भएका छन्।

कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनमा कर्णालीका २४ वटै निर्वाचन क्षेत्रबाट ३०४ प्रतिनिधि तथा प्रदेशस्तरीय जनसङ्गठनबाट १८ प्रतिनिधि चयन भएका हुन्। अधिवेशनमा सामाजिक, आर्थिक, र राजनीतिक विकासका विषयमा छलफल हुनेछ। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।

सङ्गठनलाई थप सुदृढ बनाउँदै नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनको तयारीमा पार्टी जुटेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य