रवि लामिछानेलाई अदालत पुनः पेस गरिँदै, रास्वपाको आन्दोलन घोषणा

Categories:

-

काठमाडौँ,२५ कार्तिक ।सहकारी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज (आइतबार) कास्की जिल्ला अदालतमा पेस गरिँदै छ।

सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछानेमाथि अनुसन्धान जारी रहेको छ। यसबीच, रास्वपाले आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूसँग मिलेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ, जसको जानकारी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य