रास्वपा र माओवादीको जनप्रदर्शन तयारी, सरकारको आलोचना जारी

Categories:

-

काठमाडौँ, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउको विरोधमा आज पनि प्रदर्शन जारी राखेको छ। पार्टीले पोखराको जिरो किमिमा भेला हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ। सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर विरोध गर्दै आएको छ।

यसैबीच, नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, भ्रष्टाचार, र सुशासनमा षड्यन्त्रविरुद्ध आवाज उठाउन यो सभा आयोजना गर्ने बताए। माओवादीले आफ्नो नेतृत्वमा सुरु भएको सुशासन अभियानलाई कमजोर बनाउने प्रयासविरुद्ध खबरदारी गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य