spot_img
23.1 C
Kathmandu

घरजग्गा बिक्रिहुनै छोड्यो,राजस्वमा न्यून वृद्धि

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, २ असोज । – हालैका महिनाहरूमा घरजग्गा कारोबारमा लगातार गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा घरजग्गा कारोबार निरन्तर ओरालो लाग्दै गएको हो। यसले गर्दा घरजग्गाबाट उठ्ने राजस्वमा पनि गिरावट आएको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ४३ हजार ८सय ३५ घरजग्गा कारोबार भएकोमा भदौमा ३२ हजार ७ सय ९८ र असोजमा झरेर ३०हजार ५ सय  २७ कारोबारमा सीमित भएको छ। यो गिरावटसँगै आर्थिक गतिविधिमा थप नकारात्मक प्रभाव परेको बताइएको छ। घरजग्गा ऋणमा नेपाल राष्ट्र बैंकले लचकता अपनाए पनि, मागमा सुधार हुन नसकेकाले यो क्षेत्र थप शिथिल बनेको छ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष पहिलो त्रैमासिकमा कारोबारमा कमी आएको छ। २०८०/८१ को पहिलो त्रैमासिकमा १ लाख १४ हजार ८३० कारोबार भएका थिए, जबकि चालु वर्षमा १ लाख ७ हजार १६० मा सीमित भएका छन्। यद्यपि, राजस्व संकलनमा भने सानो वृद्धि देखिएको छ। गत वर्षको पहिलो तीन महिनामा १० अर्ब ४ करोड राजस्व उठेकोमा यो वर्ष १० अर्ब ६० करोड पुगेको छ।

विशेषगरी चितवन, विराटनगर, इटहरी, सुर्खेत, धनगढी लगायतका क्षेत्रहरूको कारोबारमा गिरावट देखिएको छ। दसैं लगायतका पर्वहरूले पनि असोज महिनामा कारोबारमा असर परेको भूमि व्यवस्था विभागको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग