12.1 C
Kathmandu

प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा

Categories:

-

काठमाडौं,२ कार्तिक ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज विभिन्न विपक्षी दलहरू बैठकमा जुटेका छन्। बैठकमा प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र शक्ति बस्नेत सहभागी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित आधा दर्जन सांसदहरू पनि छलफलमा उपस्थित छन्।

बैठकले संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने तयारी गरेको छ। यसअघि, रास्वपाका सांसदहरूले विशेष अधिवेशन बोलाउने माग गरेका थिए तर विपक्षी दलबीच सहमति जुटेको थिएन।

यसबीच, रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिशपछि सरकारले पक्राउ गर्न तयारी गरिरहेको छ। लामिछानेको पक्राउको तयारीसँगै रास्वपाले विशेष अधिवेशन माग गरेको चर्चा समेत चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य