रास्वपाका नेताहरू चीन भ्रमण छोट्याउँदै, राजनीतिक कारणले आकस्मिक नेपाल फिर्ता

Categories:

-

काठमाडौं,७ असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू नेपालमा उत्पन्न राजनीतिक गतिविधिलाई ध्यानमा राख्दै आकस्मिकरूपमा फिर्ता हुन लागेका छन्।

रास्वपाको केन्द्रीय कार्यालयले नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले भ्रमण छोट्याएर टोली फिर्ता हुने निर्णय गरिएको जानकारी दिएको छ। उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिने भ्रमणका लागि शनिबार मध्यरातमा चीन प्रस्थान गरेको थियो।

टोलीमा पार्टीका उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, प्रवक्ता मनीष झा, नेताहरू तोसिमा कार्की, असीम शाह, शिव नेपाली लगायतका नेता सामेल छन्। राजनीतिक कारणले भ्रमण छोट्याउँदा टोलीले निर्धारित कार्यक्रमहरू पूर्ण रूपमा सम्पन्न गर्न नपाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य