spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गर्यो- रवि लामिछाने

spot_img

-

काठमाडौँ,२८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस-एमाले एक ठाउमा आएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।

लामिछानेले आफुहरुले अमुर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबि गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले  त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए ।

उनले आफुहरुले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहदा खुशी नै रहेको र आफुहरुले गत बर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग