25.1 C
Kathmandu
Tuesday, July 16, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सत्ता समीकरण फेरिने हल्ला मात्र हो- गृहमन्त्री लामिछाने

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

उनले भने- ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष