समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको  बैठक बूढानीलकण्ठमा  सम्पन्न

Categories:

-

काठमाडौं, ३ बैशाख ।  समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीले २०८०  चैत ३० गते बूढानीलकण्ठ नगरपालिकाको तारेभीरमा गरेको  थियो । कमिटीका  अध्यक्ष आशिष गुरागाईंको  अध्यक्षतामा भएको बैठकमा संस्थाकी केन्द्रीय उपाध्यक्ष अस्मिता गिरी प्रमुख अतिथि थिइन् ।

कमिटीका सदस्यहरू  बैठकका लागि बूढानीलकण्ठ मन्दिर परिसरबाट तारेभीरसम्मको यात्रा गरेका थिए । बैठकको एजेण्डामा नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा संगठनको प्रभाव बढाउने रणनीति र उपत्यका प्रदेशमा सक्रिय पत्रकारहरुको सदस्यता बढाउने योजनालगायत विविध  विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको सचिव सौगात मिश्रले  बताए । बैठकले  पत्रकार राशी भट्टराईलाई समाजवादी प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ  । यस कदमले समितिको काममा नयाँ दृष्टिकोण र नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

अध्यक्ष आशिष गुरागाँईले संस्थाको लक्ष्यलाई अगाडि बढाउन पत्रकारहरुबीचको सहकार्य र समन्वयको महत्व औँल्याउदै बैठकको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए  । उनले नैतिक पत्रकारिताको प्रवर्द्धन र पत्रकारको हकहित र हितको वकालत गर्न बलियो एकताबद्ध मोर्चाको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाकी केन्द्रीय उपाध्यक्ष अस्मिता गिरीले आज पत्रकारहरूले सामना गर्नुपरेका चुनौतीहरू र सञ्चारकर्मीहरूलाई सहयोग पुर्‍याउन समाजवादी प्रेस संगठन  नेपालले महत्वपूर्ण भुमिका खेलेको बताइन  । उनले पत्रकारितामा उत्कृष्टता र निष्ठाका लागि काम गरिरहन सदस्यहरूलाई प्रोत्साहित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य