काठमाडौँ, ८ मङ्सिर । भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन नपाएको बताइएकोछ ।
सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको माथीको आदेश भन्दै रोकेर राखेको छ ।
सबैलाई लिएर म प्रचण्ड र ओलीको घरमा घेर्छौः प्रसाई
मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् ।
हिजो देखी ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।
‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’
उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईहरुको धनीपुर्जा पनि हुन्न् ।’

