Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

निर्वाचन प्रणाली परिर्वतन आवश्यक छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

सम्बन्धित खबर

काठमाडौं, २६ असोज ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, देशको निर्वाचन प्रणालीको परिवर्तन बिना राजनीतिक स्थिरता सम्भव नभएको बताएका छन् ।

आज नेपालको विद्यामान राजनैतिक अवस्थामा नेकपा एमालेको भूमिका विषयक अन्तरसंवादमा बोल्दै उनले निर्वाचन प्रणालीले राजनीतिक स्थिरताको लागि ठूलो समस्या सिर्जना गरेको भन्दै निर्वाचन प्रणालीको बारेमा रिभिजिट आवश्यक भएको बताए ।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले राजनीतिक स्थिरताको लागि ठूलो समस्या सिर्जना भएको छ । कुनै एउटा पार्टीले बहुमत ल्याउँन नसक्ने पार्टीहरु मिलेर सरकार बनाउँनु पर्ने, जसले जो सँग मिलेर बनाएपनि हुने, बाध्यताको एउटा स्थिति, त्यसले गर्दा आफ्ना नीति, कार्यक्रम, योजना, आचरण ती सबै कुराहरु निस्तेज हुदैँ जाने यस्तो अवस्था भोग्दै आएको छौ । त्यसकारण हाम्रो निर्वाचन प्रणालीको बारेमा रिभिजिट गर्नुपर्ने हो की, यदि त्यो नगर्ने हो भने हामी यही गोल चक्करमा फस्ने, कुनै पार्टीले सामान्य अवस्थामा बहुमत ल्याउँन नसक्ने अवस्था भोग्न अभिसप्त हुनुपर्ने रहेछ ।’

उनले राजनीतिक अस्थिरताले गर्दा स्वाभिमान कमजोर हुने, आर्थिक विकास रोकिने भएको भन्दै यसमा ध्यान जान आवश्यक भएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक अस्थिरता हाम्रो दुर्भाग्यको कुरा हो । यसमा हाम्रो ध्यान जान आवश्यक छ । राजनीतिक अस्थिरताले गर्दा हाम्रो स्वाभिमान कमजोर हुने, आर्थिक विकास र समृद्धिका कुराहरु पनि छुट्दै जाने, देश बनाउँने सपना पनि पूरा नहुने, यस्तो खालको अवस्था हुन्छ । त्यसकारण राजनीतिक स्थिरता जरुरी छ ।’

यस्तै, गठबन्धन कुनै सिद्धान्त, मूल्य, मान्यता, विचारबाट होईन् नेकपा एमालेको विरोध गर्ने, एमालेलाई सकाउँने, कमजोर बनाउँने उद्देश्यबाट निर्देशित भएको उनको भनाई छ ।

उनले भने, ‘गठबन्धन कुनै सिद्धान्त, मूल्य, मान्यता, विचारबाट निर्देशित छैन्, यसको एउटै कुरा छ त्यो भनेको नेकपा एमालेको विरोध गर्ने, एमालेलाई सकाउँने, कमजोर बनाउँने यही उद्देश्यबाट निर्देशित षड्यन्त्रपूर्ण, अलोकतान्त्रिक ढङ्गले खडा गरिएको गठबन्धनले यही कुरामा आफूलाई केन्द्रीत गरेको छ ।’

उनले राष्ट्रको हितको लागि सामाजिक सद्भाव जरुरी रहेको बताएका छन् ।

‘हाम्रो सामाजिक सद्भाव खलबलिन हुदैँन्, हाम्रो सामाजिक सद्भाव बलियो होस्, यसकै जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ । यसैको जगमा हाम्रो आर्थिक समृद्धि टिकेको छ । त्यसकारण हाम्रो राष्ट्रिय स्वाभिमान, स्वतन्त्रताको लागि पनि यही सामाजिक सद्भाव मुख्य कुरा हो । त्यसकारण यो चाडपर्वहरुले हामीलाई त्यही दिशातर्फ हामीलाई प्ररित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष