एमाले कोशी चुनाव: मतगणना आजै गरिने 

Categories:

-

विराटनगर, १५ असोज  ।  नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर भएको मतदान पछि मतगणना आजै गरिने भएको छ ।

आइतबार राति १० बजे सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो ।  रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन्  ।

मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् ।
अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य