Tuesday, December 5, 2023
18.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सत्ता केन्द्रित सोच देश विकासका लागि वाधक ः अध्यक्ष नेपाल

सम्बन्धित खबर

काठमाडौं,५ असोज  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेतृत्वको दृढ संकल्पको अभावका कारण देश विकास हुन नसकेको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा सत्तामा सत्ता केन्द्रित सोचका कारण देश विकास हुन नसकेको तर्क गरे ।

सत्तामा जाने र आफ्नो लाभको लागि त्यसको प्रयोग गर्ने भावना माथिल्लो तहदेखि तलसम्म नै भएको उनको भनाई छ ।
उनले केन्द्रीय, प्रादेशिक, स्थानिय निकाय र विभिन्न संस्थाहरुमा आवद्ध सबै संस्थामा यस्तो प्रवृत्ति बढ्दै गएको भन्दै एउटा राष्ट्रिय र देशभक्तिको दृष्टिकोण, भावना र संकल्पको अभाव देशमा भएको बताए ।

उनले भने, ‘अहिले हाम्रो यो सबै समस्याको कारण के हो, मेरो विचारमा देश हाक्ने, देश चलाउने संकल्पको अभाव छ । देश बनाउ भन्ने भावना जति मात्रामा हुनुपर्ने थियो त्यसको अभाव छ, कसै गरी सत्तामा पुगौं, सत्तामा आफ्नो पकड बनाउ र आफ्नो लाभको लागि त्यसको प्रयोग गरौं भन्ने भावना व्याप्त छ यसको असर हामी माथि मात्रै होईन्, तलसम्म देखिन्छ ।’
यस्तै, उनले राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्दै समस्या समाधान गर्न गम्भीर हुनु पर्ने पनि बताए ।

उनले भने, ‘राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्नुपर्छ । समस्या समाधान गर्न गम्भीर छौ कि छैन् भनेर आफैसँग प्रश्न गर्नुपर्छ । हाम्रा कमजोरीहरुलाई महशुस गर्नुपर्छ त्यसो गर्दा हामी कमजोर होईन्, सबल हुन्छौ। हामी साच्चि नै गम्भीर भएर लाग्ने हो भने नेपालको समस्याको समाधान निकाल्न सकिन्छ । यो देशमा जुन प्रकारको संकटका बादलहरु छन् त्यसप्रति हामी गम्भीर भएर लाग्नु पर्छ । ’

कम्युनिष्ट पार्टीहरुले मात्रै समस्याको गहिराईमा गई समस्या समाधान गर्न मेहेनत गर्न सक्ने भन्दै कम्युनिष्ट पार्टीले मात्रै वैज्ञानिक समाधानको उपायको खोज्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष