Tuesday, December 5, 2023
18.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

संविधान र संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ः इन्चार्ज फुयाँल

सम्बन्धित खबर

काठमाडौं,५ असोज  । नेकपा एमाले काठमाडौं महानगरपालिका इन्चार्ज रामेश्वर फुयाँलले संघीयता र संविधान कार्यान्वयन पूर्ण रुपले हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले संघीयता र संविधानको प्रयोग अझै पूर्ण रुपमा भइनसकेको बताए ।

उनले भने, ‘संघीयता र संविधानको प्रयोग अझै भइसकेको छैन । त्यसैले गर्दा संविधानको चाँडै सार्थक कार्यान्वयन गर्नुपर्छ ।’

उनले राजधानी धनीको मात्र राजधानी जस्तो भएको गुनासो गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको खाँचो रहेको औंल्याए ।

उनले भने, ‘राजधानी धनीको मात्र राजधानी जस्तो भएको छ । जुन मध्यम वर्गको पनि हो । त्यसैले हामी आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण चाहन्छौैं । रोजगारी गाँस, बास र कपासको व्यवस्था राज्यले गर्नुपर्छ ।’

महिला र पुरुषबीच अझै पनि भेदभाव बाँकी रहेकाले विभेदको अन्त्य गरी समता कायम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष