काठमाडौं, २७ भदौ । चार दल सम्मिलित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशमा हुने सन्देश सभा स्थगित भएको छ ।
एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि आज हुने भनिएको सन्देशसभा स्थगित गरिएको हो ।
सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्

