Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

विग मिडियाहरु एमसीसीको घुस खाएर मुखमा बुझो लाएर बसेका छन् ः महासचिव विप्लव

सम्बन्धित खबर

काठमाडौं,१३ भदौ । चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनको विरोधमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माईतीघरमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका हुन्।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ठूला हौं भन्ने विग मिडियाहरु एमसीसीको घुस खाएर मुखमा बुझो लाएर बसेको आरोप लगाए ।

उनले भने, ‘हामी लडिरहेका छौं । ठूला हौं भन्ने विग मिडियाहरु एमसीसीको घुस खाएर मुखमा बुझो लाएर बसेका छन् । हामी देख्दैनौं । किन बोल्दैनन् तिनीहरु ? गिरफ्तार चलिरहेको छ विद्यार्थीको टाउको फुटिरहेको छ देशको लागि बोल्दैनन् भने के हुन् ती मिडियाहरु ? दलालका अनुशरणमा जस्तोसुकै लेखे के मतलब।’

त्यसैगरी उनले नेपाललाई युक्रेनमा धकेल्ने ध्वंश बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने एउटा षड्यन्त्र भएको बताउँदै पार्टीभन्दा माथि उठेर नेपालको बारेमा सोच्नुपर्ने बेला आइसकेकोले अभियान नरोकिने दाबी गरे ।
उनले भने ‘नेपाललाई युक्रेनमा धकेल्ने ध्वंश बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने एउटा षड्यन्त्र हुँदैछ । यो बेला त्यसैले हामी सबैले हेक्का राख्नुपर्छ । हाम्रो आग्रह अहिले कुनै पार्टी, जातिमाथि र समाजभन्दा माथि उठेर नेपालको बारेमा सोच्नुपर्ने बेला आइसकेको छ। योे अभियान रोकिँदैन अगाडि बढ्छ ।’

अमेरिकाले दिएको मासिक १० ÷ १५ लाखको लोभले देशको गद्दारी गर्ने काम गरेकाले यसको गम्भीर सजाय पाउँने पनि चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष