23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

न्यौपाने जुझारु लडाकु थिए ः सभापति देउवा

सम्बन्धित खबर

काठमाडौं,९ भाद्र । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, स्वर्गीय नेता देवी प्रसाद न्यौपानेसंग आफूले संगै जेल जीवन विताएको स्मरण गरेका छन् ।

काठमाडौंमा नेपाली कांग्रेसका नेता स्वर्गीय देवी प्रसाद न्यौपानेको सम्झनामा आयोजित दोलखा जिल्लाका अग्रज राजनीतिकर्मी एवं जनप्रतिनिधिलाई विशेष सम्मान समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले, स्वर्गीय न्यौपानेले पार्टीलाई आजको अवस्थामा ल्याउन ठुलो योगदान दिएको स्मरण गरे ।

‘नक्खु जेलमा संगसंगै बस्दाखेरी साहासी जुझारु, लडाकु कहिल्यै नथाक्ने मान्छेको रुपमा मैले उहाँलाई बुझेको थिए । जेलबाट छुटेपछि पनि हाम्रो भेट भइरहन्थ्यो ।’ उनले भने ।

न्यौपानेले राजनीतिमा देखाएको बाटोलाई सम्झेर काम गर्न सकेमात्रै उनीप्रति सच्चा श्रद्धान्जली हुने उनको भनाई छ ।
त्यस्तै उनले न्यौपानेको असामयीक निधन भएको भन्दै परिवारलाई समवेदना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष