31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

जिल्ला समन्वय समितिमा दरबन्दी अनुसार कर्मचारी व्यवस्था गर्ने मन्त्री देवीको प्रतिवद्धता

सम्बन्धित खबर

काठमाडौं,९ भाद्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जिल्ला समन्वय समितिमा दरबन्दी अनुसार कर्मचारीहरुको व्यवस्था गर्ने बताएकि छिन् ।

शनिबार जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जिल्ला समन्वय समितिमा दरबन्दी अनुसार कर्मचारीको व्यवस्था गर्न मन्त्रालयबाट सिघ्र पहल गर्ने प्रतिवद्धता जनाईन् ।

उनले भनिन्, ‘जिल्ला समुन्वय समितिहरुमा दरबन्दीअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने सम्बन्धमा मन्त्रालयबाट सिघ्र पहल गर्ने तर्फ र  आगामी दिनमा कर्मचारी अभावमा कार्य सम्पादनमा समस्या पर्न नदिने तर्फ मेरो ध्यानाकर्षण भएको छ । ’

उनले जिल्ला समन्वय समितिमा कार्यबोधका आधारमा आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् ।

जिल्ला समन्वय समितिलाई आवश्यक बजेट र कर्मचारी तथा साधन श्रोतको व्यवस्था मिलाउन महासंघसँग सहकार्य गरेर अगाडी बढ्न प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले भनिन्, ‘जिल्ला समुन्वय समितिलाई कार्यबोधका आधारमा आवश्यक बजेट र कर्मचारी तथा साधन श्रोत व्यवस्था मिलाउन महासंघसँग सहकार्य गरी अगाडी बढ्न म प्रतिवद्ध छु । ’

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष