काठमाडौं, ८ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ७७ जिल्लामा नै आँखा उपचारको सेवा प्रभावकारीरुपले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक अन्य ठाउँमा आँखाको सेवा कमजोर देखिएको बताए । उनले अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउँन आवश्यक रहेको पनि बताए ।
उनले भने,‘७७ जिल्लामा आँखा उपचारको कुरा हेर्दा संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक कमजोर देखिएको छ । यसलाई अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउँन आवश्यक छ । ’
मन्त्री बस्नेतले कर्णाली प्रदेशमा आँखा उपचारको सेवा विस्तार गर्ने कुरामा आईपर्ने अप्ठ्यारोमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कर्णालीमा गरिने उक्त सेवाले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।